काठमाडौं । काठमाडौको शंखरापुर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।
पछिल्लो परिणामअनुसार मेयरमा एकीकृत समाजवादीका एलपी श्रेष्ठले १ हजार ५ सय ७८ मत पाएका छन् । नेकपा एमाले उम्मेदवार कृष्णलाल बजगाईले १ हजार ४ सय ४९ मतका साथ श्रेष्ठलाई पछ्याइरहेका छन् ।
यस्तै, मेयरमै माओवादी केन्द्रका निरज केसीलाई १ हजार ३ सय १५ मत प्राप्त भएको छ । राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदवार रमेश नापित लाई १ हजार २ सय १४ मत परेको छ ।














