Logo
Logo

श्रीमानसँगको झगडापछि चार सन्तानसहित महिलाले सप्तकोशीमा हाम फालिन्


- दृष्टि न्युज/संवाददाता


सप्तरी २२ असार ।
चार सन्तानसहित एक महिलाले सप्तकोशीमा हाम फालेकी छिन् । प्रहरीले महिला र उनका एक छोरालाई उद्धार गरेको छ भने तीन जना नदीमा बेपत्ता भएका छन् ।
सप्तरीको गोलबजारकी ३१ वर्षिय रुक्साना खातुनले शनिबार राती सप्तकोशीमा हाम फालेकी हुन् । २ छोरा एक छोरीको खोजी भइरहेको सप्तरीका डिएसपी भावेस रिमालले बताए ।


श्रीमानको अन्य युवतीसँग सम्बन्ध रहेको विषयमा झगडा भएपछि उनी चार सन्तान लिएर सप्तकोशीमा हाम फालेकी हुन् । श्रीमानसँगको झगडापछि उनी माइतीमै बस्दै आएकी थिइन् । चालक काम गर्ने श्रीमान तैयवले आफुलाई वास्ता नगरेको र अन्य युवतीसँग हिड्ने गरेको उनले बताउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्