काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ४८७ मतसहित फराकिलो अग्रता कायम राखेका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७३१२ मत पाएका छन् । यो पछिल्लो अपडेटअनुसार बालेनभन्दा स्थापित ६१७५ कम हो ।
यस्तै, गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६ हजार ३९९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने नेकपा एमालेका सुनिता डंगोलले १२ हजार १५७ मत पाएका छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ३ हजार ६१४ र राप्रपाकी विनीता मगैयाले २६२८ मतका साथ प्रतिस्पर्धामा छन् ।
काठमाडौं महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ । दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मत गणना सकिएको छ ।











