
काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
नाताले सहोदर ज्वाईं एमालेका मदनसुन्दर श्रेष्ठलाई ४ हजार ६३ मताअन्तरले पछाडि पार्दै उनी विजयी भएका हुन् । सुरेन्द्रले १५ हजार ९८ मत प्रप्त गर्दा एमालेका श्रेष्ठले ११ हजार ३५ मत ल्याए । मदनसुन्दर निवर्तमान मेयर हुन्।
उपमेयरमा गठबन्धनबाटै माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ १२ हजार १ सय २ मतसहित निर्वाचित भए । निकटतम् प्रतिद्वन्द्वी एमालेका उत्तरा नेपालले ८ हजार ९ सय ६३ मत ल्याइन् ।











