
काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता फराकिलो बन्दै गएको छ ।
आचार्यले १२ हजार ९ सय ४५ मत प्राप्त गर्दा एमालेका कृष्णबहादुर थापाले ११ हजार १ सय ५० मत ल्याएका छन् । राप्रपाका शंकर खराल १ हजार ३ सय ६० मतसहित तेस्रो स्थानमा छन् ।
यहाँ कांग्रेस, समाजवादी र माओवादी गठबन्धन गरेर चुनाव लडेका थिए । उपमेयरमा कांग्रेसका कोपिला रानाभाट १२ हजार ६ सय ९६ मत ल्याएर अगाडि छन् । एमालेका मञ्जुदेवी गुरुङको १२ हजार ९१ मत भएको छ ।
राप्रपाका रन्जनाकुमारी सेन पौडेलले १ हजार १ सय १७ मत ल्याएकी छन् ।











