
काठमाडौं । मोरङको केराबारी गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका छन् ।
सुमनले कांग्रेसका रोहितबहादुर कार्कीलाई १ हजार ४ सय २० मतान्तरले पराजित गरेका हुन् । सुमनले ७ हजार ८ सय १० र कार्कीले ६ हजार ३ सय ९० मत प्राप्त गरेका छन् ।
मनमायाले उपाध्यक्षमा ६ हजार ४ सय २८ मत ल्याएर निर्वाचित भइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुभद्रा राईले ६ हजार ४ सय २८ मत ल्याइन् ।
यहाँका १० वडा मध्ये कांग्रेसले वडा नं ४, ८ र ९, एमालेले वडा नं १, २, ३, ५, ७ र १० र माओवादी केन्द्रले वडा नं ६ को अध्यक्ष जितेका छन् ।











