
काठमाडौं । जिल्लास्थित एमाले पार्टीका निलम्बित सांसद मोहन बानियाँका कान्छा छोरालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार दिउँसो पेस्तोलसहित पक्राउ गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले खत्याड गाउँपालिका ७ माँझचौरमा अर्पण बानियाँ पेस्तोलसहित प्रहरीले पक्राउ गरेको बताए ।
पक्राउ परेका अर्पणलाई थप अनुसन्धानका लागि बुधबार जिल्ला सदरमुकाम ल्याइने उनको भनाई छ । खत्याड गाउँपालिकाको मतगणना माझचौरमा भइरहेको अवस्थामा प्रहरीले उनलाई पेस्तोलसहित फेला पारेको थियो ।











