Logo
Logo

जाजरकोटको कुशेमा दोहरिए कांग्रेसका हरिचन्द्र


441
Shares

काठमाडौं । जाजरकोटको कुशे गाँउपालिकामा नेपाली काँग्रेसका हरिचन्द्र बस्नेत दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

उनले एकिकृत समाजवादीका तप्त हमाललाई २ सय ४१ मतले पराजित गरेका हुन् । बस्नेतले ३ हजार ४ सय २३ र ३ हजार १ सय ८२ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि काँग्रेसकै देविका कुमारी सिंह निर्वाचित भएकी छन् । सिंहले ३ हजार ५ सय ८७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका विकास रोकायले २ हजार ९ सय १८ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्