Logo
Logo

ओलीको गृहनगर दमकमा एमाले १५ मतले पछाडि


4.1k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा एमाले उम्मेदवार गीता अधिकारी पौडेल १५ मतले पछाडि परेकी छन् ।

पछिल्लो परिणाम अनुसार अग्रता लिइरहेका राप्रपा उम्मेदवार रामकुमार थापाको १० हजार ६४ मत छ । अधिकारीले १० हजार ४९ मत ल्याएकी छन् । पछिल्लो समय अधिकारीले मतान्तर घटाइरहेकी छन् ।

उपमेयरमा एमाले उम्मेदवार अम्बिकाप्रसाद खनालको अग्रता कायमै छ । उनले ९ हजार ८ सय ७४ मत ल्याउँदा कांग्रेसका रेगिना भट्टराईले ९ हजार ७ सय २७ मत प्राप्त गरेकी छन् ।

ओलीको गृहनगरमा एमाले उम्मेदवारविरुद्ध सत्ता गठबन्धनले राप्रपा उम्मेदवार थापालाई अघि सारेको हो ।

प्रतिक्रिया दिनुहोस्