
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ६८ मतले मात्रे पछाडी रहेका छन् ।
खानेपानीको मुद्दा लिएर सामाजिक अभियानमा लागेका साम्पाङले स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा छन् । हालसम्म २७ हजार ६८७ मत गणना हुँदा हर्कले ७ हजार ८२२ मत ल्याएका छन् ।
उनीभन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार किशोर राई ६८ मत अन्तरले मात्र अगाडि छन् । नेकपा एमालेका मेयर उम्मेदवार मञ्जु भण्डारीको पक्षमा ६ हजार ५१९ मत परेको छ ।
उपमेयर पदमा भने माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ८ हजार ८८५ मत पाएका छन् । उनलाई नेकपा एमालेका पदम इस्बोले ८ हजार ५०८ मतसहित पछ्याइरहेका छन् ।











