
काठमाडौं । गोरखाको गोरखा नगरपालिकामा माओवादी केन्द्रका कृष्णबहादुर राना निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका राजनराज पन्तलाई पराजित गर्दै मेयर निर्वाचित भएका हुन् । यसैगरी उपमेयरमा कांग्रेसका मसलीमाया थोकर पुन निर्वाचित भएकी छन् ।
उनले जनता समाजवादीका नारायण खत्रीलाई पराजित गरिन् । यसको औपचारिक घोषणा बाँकी छ ।











