Logo
Logo

पश्चिम रुकुमको चौरजहारीमा माओवादी विजयी


1.5k
Shares

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

अन्तिम मतपरिणामअनुसार मेयरमा पुष्प वादी र उपमेयरमा इश्वरी शर्मा (विएम) विजयी भएका हुन् । यहाँ माओवादीले कांग्रेस र एमालेविरुद्ध जित निकालेको हो ।

वादीले ६ हजार ८ सय ८२ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३ सय ११ मत ल्याए । यसैगरी शर्मा ७ हजार २ मत सहित उपमेयर निर्वाचित हुँदा एमालेका उम्मेदवार टंक प्रसाद ओलीले ५ हजार ७ सय ४४ मत पाए ।

नगरपालिकाका अधिकांश वडा पनि माओवादी केन्द्रले जितेको छ । ६ वटा पालिकामध्ये चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिका माओवादी केन्द्रले जितेका छन् । नेपाली कांग्रेसले बाँफिकोट गाउँपालिका जितेको छ ।

मुसिकोट नगरपालिका र आठबिसकोट नगरपालिकामा मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्