
काठमाडौं । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ र उपप्रमुखमा नेपाली कांग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका छन् ।
थिङले ४ हजार ४ सय ८५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत पाए ।
उपप्रमुख जिम्वाले ४ हजार ३ सय २८ मत पाए भने एमालेकी रुकमणि गुरुङले २ हजार ९ सय ८७ मत प्राप्त गरिन् ।











