
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको सरकारसँगै काम गर्न सक्ने कुनै पनि क्षमता नभएको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिको सभाको बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले मुलुकमा अहिले अर्थतन्त्रको अवस्था निकै खराब रहेको भन्दै सरकारले समाधानका लागि केहि पनि पहल नगरेको बताए ।
पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा लगायतको खरिद विक्रिमा मुल्यबृद्धिले गरिब जनतालाई मार्कामा पारिरहेको तर, सरकारले बेवास्ता गरेको, र बैकल्पिक उपाय खोज्न कुनै पनि पहल नगरेको उनले बताए ।
‘जीवनयापनका लागि मानिसमा चाहिने सामानहरुमा मूल्यबृद्धि भएको छ । मुद्रास्फुर्ति बढ्दो अवस्थामा छ । यदि अयहि अवस्थामा जाने हो भने एउटा विपन्न बर्ग, गरिब समुदायले छटपटिनु बाहेक कुनै पनि बिकल्प छैन’, उनले भने ।











