
सिराहा । सिराहाको सखुनान्कारकट्टी गाँउपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।एकीकृत समाजवादीका उम्मेदवार केदारनाथ यादव ३ हजार ४ सय ७ मतसहित विजयी भएका हुन् ।
मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार शत्रुधनप्रसाद साह ३ हजार ३ सय ८१ मत प्राप्त गर्दै पराजित भए ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । कांग्रेसका उम्मेदवार निलम यादव विजयी भएका हुन् । उनले, ३ हजार ४ सय ६३ मत पाए ।
उपाध्यक्षका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार प्रमिला यादव ३ हजार २ सय २६ मत प्राप्त गर्दै पराजित भए ।
एकीकृत समाजवादी सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेता पनि सखुनान्कारकट्टीमा गठबन्धन भएन । गबठन्धनमा आवद्ध सबै दल एक्ला एक्लै प्रतिस्पर्धामा थिए ।











