विराटनगर । धरान उपमहानगरपालिकाको मत गणना अवरुद्ध भएको छ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वडा नम्बर २० को मत परिणाममा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएपछि मतगणना रोकिएको हो ।

पछिल्लो मत गणनाअनुसार धरानमा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् । उनले अहिलेसम्म ८१४० मत पाएका छन् भने गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका किशोर राई ८१२६ मत पाएका छन् ।
यस्तै, मेयरमै नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ६७१३ मतसहित पछ्याइरहेका छन् ।











