Logo
Logo

जितपुर-सिमरा उपमहानगरको प्रमुखमा माओवादीका राजन पौडेल निर्वाचित


13k
Shares

बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल निर्वाचित भएका छन् । एमालेका सरस्वती चौधरीलाई ९५४ मतान्तरले पराजित गर्दै पैडेल जितपुर–सिमरा उपमहानगरको मेयरमा निर्वाचित भएका हुन् ।

पौडेलले १८ हजार ७४३ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी चौधरीले १७ हजार ७७९ मत पाए । यस्तै लोसपाको मेयर उम्मेदवार सञ्जय साहले पाँच हजार ३८२ मत ल्याएका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । उपमेयरमा एमाले उम्मेदवार भोला अधिकारी १७ हजार ४९२ मत ल्याएर निर्वाचित भए ।

उपमेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी काङ्ग्रेसकी मेघा शाही १५ हजार ८४२ मत ल्याए । लोसपाका उपमेयर उम्मेदवार बिपी मोक्तानले पाँच हजार २७ मत पाए ।

प्रतिक्रिया दिनुहोस्