Logo
Logo

रौतहटको चन्द्रपुर नगरपालिमा कांग्रेस विजयी


रुपेन्द्र पटेल

3.7k
Shares

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका सञ्जय कुमार काफ्ले नगरप्रमुखमा निर्वाचित भएका छन् । उपमेयरमा कांग्रेसकै जयमाला चौधरी निर्वाचित भएकी छन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन अन्तर्गत चन्द्रपुर नगरपालिकाको नगरप्रमुखमा कांग्रेस उम्मेदवार काफ्लेले ९ हजार १ सय ६३ मत ल्याएर निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार शिवप्रसाद आचार्यलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरेका हुन् ।

पराजित एमाले उम्मेदवार शिवप्रसाद आचार्यले ६ हजार ५ सय २४ मत पाएका छन् । नगरप्रमुखमा जितेका काफ्ले चन्द्रपुर–५ का निवर्तमान वडाअध्यक्ष हुन् । उनीसँग पाँच वर्ष वडामा काम गरेको अनुभव छ । उपप्रमुखमा नेपाली कांग्रेसकी चौधरीले ११ हजार ३ सय ७८ मत पाएर निर्वाचित भएकी छन् । चौधरीकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी देवकी नेपालले ७ हजार ६ सय ४० मत पाएकी छन् ।

चन्द्रपुर नगरपालिकामा १० वटा वडा छन् । कांग्रेसले १, ५, ७, ८ र ९ नम्बर वडा जितेको छ । २, ३ र ६ मा माओवादीबाट वडा अध्यक्ष निर्वाचित भए । ४ र १० मा नेकपा एमालेले वडामा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्