Logo
Logo

अर्घाखाँचीको शितगंगाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


630
Shares

काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल र उपमेयरमा एमालेकी गीता भाट विजयी भएका छन् ।

पौडेलले एमालेका बसन्त श्रेष्ठलाई १ सय ८६ मतान्तरले पराजित गरे । पौडेलले १० हजार ७८ र श्रेष्ठले ९ हजार ८ सय ९२ मत ल्याए ।

उपमेयर भाटले गठबन्धनबाट माओवादीका टीका रेश्मीलाई पराजित गरिन् । भाटले १० हजार २ सय ८८ र रेश्मीले ८ हजार ५७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्