
काठमाडौँ — रामेछापको मन्थली नगरपालिकाको मेयर र उपमेयर एमालेले जितेको छ ।
मेयरमा नेकपा एमालेका लव श्रेष्ठ विजयी भएका छन् । उनले ९ हजार ७ सय १८ मत पाए। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोदकुमार कार्कीले ९ हजार १ सय २२ मत ल्याए ।
उपमेयर एमालेकै ईश्वरी बस्नेत विजयी भएकी छन् । ९ हजार १ सय ६१ मत ल्याएकी बस्नेतले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यशोदा श्रेष्ठलाई १ सय ७ मतान्तरले पराजित गरेकी हुन् ।











