Logo
Logo

कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २३ काठमाडौं ।

आयोजक राष्ट्र ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।

आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि उचालेको हो । १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो ।

ब्राजिलले खेलको पहिलो हाफको १५ औं मिनेटमा एभरटनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ४४ औं मिनेटमा पेरूले बराबरी गोल फर्काएको थियो। सो बराबरी गोल पाओलो गुरेरोले पेनाल्टीमार्फत गरेका हुन्।  पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा गोल गर्दै बाजिलले पहिलो हाफ २–१ ले आफ्नो पक्षमा पार्‍यो।

खेलको ७० औ मिनेटमा भने ब्राजिल १० खेलाडीमा सिमित हुन पुग्यो । जिससले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । २-१ गोलअन्तरले अघि रहेको ब्राजिलले खेलको ९० औं मिनेटमा अर्को गोल गर्न सफल भयो । यो पटक भने पेनाल्टीबाट रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३ १ गोलको जित दिलाए ।

तेश्रो गोल गर्नुअघि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो। खेलको ७० औं मिनेटमा दोहोरो पहेलों कार्ड खाँदै ग्याब्रियल जिससले मैदान छाड्का थियो।

प्रतिक्रिया दिनुहोस्