Logo
Logo

सुनकोसी गाउँपालिका अध्यक्षमा माओवादीका बोहोरा


2.8k
Shares

काठमाडौँ — सिन्धुलीको सुनकोसी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका दीपा बोहोरा दाहाल निर्वाचित भएकी छन् ।

गठबन्धनबाट उम्मेदवार भएकी दाहालले ५ हजार ३ सय ७६ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका रोमनराज गिरीले ५ हजार ९८ मत पाए । दाहाल निवर्तमान अध्यक्षसमेत हुन् ।

उपाध्यक्षमा कांग्रेसका कपिल कोइराला निर्वाचित भएका छन् । उनले ६ हजार ५ सय ९४ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेकी हेमा अधिकारीले ३ हजार ९ सय ५८ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्