Logo
Logo

प्रधानमन्त्रीको गृहजिल्लामा एमाले क्लीन स्वीप


4.8k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेकपा एमाले क्लीन स्वीप भएको छ । यसपालीको निर्वाचनमा जिल्लाका सातवटै स्थानीय तहमा एमाले पराजित भएको हो ।

प्रधानमन्त्रीकै गृह जिल्ला भएपनि डडेलधुरामा गठबन्धनबीच तालमेल हुन नसकेपछि दलहरु एक्लाएक्लै निर्वाचन लडेको डडेलधुराका कांग्रेस सभापति भीम साउदले बताए ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार सात मध्य ४ स्थानीय तहको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने बाँकी तीन स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भए ।

त्यस्तै सातमध्य पाँच स्थानीय तहको उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने दुई स्थानीय तहको उपप्रमुख माओवादी केन्द्रले जितेको छ । उपप्रमुख पदमा पनि एमालेका कुनैपनि उम्मेदवारले जित हासिल गर्न सकेन ।

अघिल्लो स्थानीय तह निर्वाचनमा अमरगढी नगरपालिकाको मेयर र उपमेयर नै एमालेले जितेको थियो । एमालेको अघिल्लो नतिजा उल्ट्याउँदै यसपटक दुबै पदमा कांग्रेसका उम्मेदवार विजयी भए ।

नगरपालिकाको प्रमुख निर्वाचित कांग्रेसका डिल्लीराज जोशीले ३ हजार ६१९ मत पाए । यहाँ नेपाली कांग्रेस (बी.पी.)का हरिप्रसाद भट्टराईले ३ हजार ४२६ मत पाए । एकीकृत समाजवादीका संगिता कुमारी भन्डारीले ७६७ मत पाइन् भने माओवादी केन्द्रका लक्ष्मण सिंहले ५९३ मत ल्याए ।

अघिल्लो निर्वाचनमा एमालेका विशेश्वरप्रसाद ओझा ३ हजार ७६८ मतसहित प्रमुखमा निर्वाचित भएका थिए । उपप्रमुख निर्वाचित भएका संगीता कुमारी भन्डारीले ३ हजार ५१७ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्