
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतको अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेनले २१ हजार ३ सय २४ मत प्राप्त गरेका छन्। एमालेका केशव स्थापित १० हजार बढी मतले पछाडि परेका छन् ।
उनले ११ हजार २ सय १६ मत प्राप्त गरेका छन्। कांग्रेसकी सिर्जना सिंहकाे १० हजार ३ सय ६२ मत छ ।











