
काठमाडौं । मुगुको सोरु गाउँपालिकामा अध्यक्षमा नेकपा एकीकृत समाजवादीका धर्मबहादुर शाही निर्वाचित भएका छन् ।
उनले एमालेका डिल्लीप्रसाद भट्टलाई २ हजार १ सय ६६ मतान्तरले पराजित गरे । शाहीले ४ हजार ५५ मत ल्याउँदा भट्टले १ हजार ८ सय ८९ मतमात्रै पाए ।
उपाध्यक्षमा कांग्रेसका केशरबहादुर शाही ४ हजार २ सय ३ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी डिलकली शाहीले ९ सय ६८ मत ल्याइन् ।
यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरी चुनाव लडेका थिए ।











