Logo
Logo

घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादी विजयी


3.2k
Shares

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका खडकबहादुर रावत र उपमेयरमा नेपाली कांग्रेसकी गुलियादेवी चौधरी निर्वाचित भएका छन् ।

रावतले १३ हजार १२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४१ मत ल्याए । उपमेयरमा निर्वाचित चौधरीले १२ हजार २७० मत पाउँदा उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी करुणा बम बटालाले ६ हजार ९६३ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्