Logo
Logo

एमाले नेता प्रभु साहले पत्नी रीनालाई दोस्रोपटक मेयर जिताए


128.1k
Shares

काठमाडौं । एमाले नेता प्रभु साहको गृहनगर रौतहटको मौलापुरमा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार रीनाकुमारी साह ५ हजार ५६४ मतसहित विजयी भएका हुन ।

रीनाकुमारीका मुख्य प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार रामप्रवेश राय यादव ३ हजार ६२ मत प्राप्त गर्दै पराजित भए ।

उपाध्यक्ष पनि नेकपा एमालेले नै जितेको छ । एमालेबाट उपमेयरका उम्मेदवार नागेन्द्रप्रसाद यादव ४ हजार ९१४ मतसहित निर्वाचित हुँदा मुख्य प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार रीनाकुमारी साह ४ हजार ४०४ मत प्राप्त गर्दै पराजित भए ।

मेयर निर्वाचित रीनाकुमारी नेता प्रभु साहका पत्नी हुन् । प्रभु र रीना दुवै पूर्वमाओवादी हुन् । एमालेसँग एकतापछि विभावजन हुँदा दुवै एमालेमै रहेका थिए । रीना यसअघि पनि माओवादीबाट मेयर निर्वाचित भएका थिए ।

यसपटक टिकट वितरणका क्रममा रीनाले एकपटक अवसर पाइसकेकाले यसपटक अरुलाई नै अवसर दिइनुपर्ने माग राखेका थिए तर नेता साहले पत्नी रीनालाई नै टिकट दिलाएको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्