Logo
Logo

तीन दिनका बिचमा १,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसको दावी


756
Shares

मस्को । रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल प्लान्टमा यस हप्ता १,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएका छन् ।

‘विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले आत्मसमर्पण गरेका छन्’ मन्त्रालयले द्वन्द्वबारे आफ्नो दैनिक ब्रिफिङमा उल्लेख गरेको छ । ‘मे १६ देखि कुल ८० घाइतेसहित १,७३० लडाकुहरूले आत्मसमर्पण गरेको मन्त्रालयले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्