Logo
Logo
स्थानीय तह निर्वाचन

आयोगले भन्यो- ८० प्रतिशत मत परिणाम आइसक्यो

'३५ हजार २२१ जनप्रतिनिधिमध्ये २९ हजार ३०३ जना निर्वाचित भइसके'


1.2k
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको परिणाम ८० प्रतिशत आइसकेको जनाएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७५३ मध्ये ५७० स्थानीय तहको पूर्ण नतिजा आइसकेको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनका उनले भने, ‘अहिलेसम्म ५७० स्थानीय तहको पूर्ण परिणाम आएको छ । १७४ नगर प्रमुख÷उपप्रमुख, ३९६ गाउँपालिका अध्यक्ष-उपाध्यक्ष निर्वाचित भइसकेका छन् । ३५ हजार २२१ जनप्रतिनिधिमध्ये २९ हजार ३०३ जना निर्वाचित भइसक्नुभयो ।’

उनका अनुसार मतगणना बाँकी रहेका स्थानीय तहमा गणकको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

जेठ ५ गतेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने आयोगको लक्ष्य विभिन्न कारणले पूरा नभएको प्रवक्ता पौडेलले बताए । परिणाम नआएका स्थानीय तहहरु रिक्त हुने वा त्यसको संवैधानिक अवस्था के हुने भन्नेमा सरकारले नै निर्णय गर्नुपर्ने आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्