Logo
Logo

संखुवासभामा माओवादी र एकीकृत समाजवादीले एक-एक उपाध्यक्षमा चित्त बुझाए


10.6k
Shares

काठमाडौं । संखुवासभाको स्थानीय तहमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक-एक उपाध्यक्षमा चित्ता बुझाएका छन् ।

संखुवासभामा १० स्थानीय तह रहेका छन् । जसमध्ये पालिका प्रमुख/अध्यक्षमा नेपाली कांग्रेसले ६ र नेकपा एमालेले ४ पालिकामा जित हाँसिल गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले भने एक-एक उपाध्यक्षमा चित्त बुझाएका छन् ।

कांग्रेसले खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, चिचिला गाउँपालिका, मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका र सिलिचोङ गाउँपालिका प्रमुख/अध्यक्षमा जित हाँसिल गरेको छ ।

एमालेले तीन नगरपालिका र एक गाउँपालिका जितेको छ । उसले चौनपुर नगपालिका, धर्मादेवी नगरपालिका, मादी नगरपालिका र भोटखोला गाउँपालिका प्रमुख/अध्यक्षमा जित हाँसिल गरेको छ ।

माओवादी केन्द्रले मकालु गाउँपालिका उपाध्यक्ष र एकीकृत समाजवादीले सभापोखरी गाउँपालिका उपाध्यक्षमा चित्ता बुझाउनु परेको छ ।

खाँदबारीको प्रखुमा एमालेका जितबहादुर घिमिरेलाई २ हजार ५३ मतान्तरले पराजित गर्दै कांग्रेसका महेश थपलिया निर्वाचित भएका छन् । उनले ७ हजार ६३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले ५ हजार ५८१ मत पाए ।

खाँदाबारीको उपप्रखुमा पनि एमालेका महेश्र्व श्रेष्ठ निर्वाचित भएका छन् । उनले माओवादीका दिव्यराज बराललाई पराजित गरे ।

पाँचखपन नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा विपीन राईले एमालेका हिन्दुकुमार राईलाई १ हजार ३५१ मतान्तरले पराजित गरे । उनले ४ हजार ७८८ मत पाए भने हिन्दुकुमारले ३ हजार ४३७ मत ल्याए ।

उपप्रमुखमा पनि एमालेका अनिता न्योपानेलाई पराजित गर्दै कांग्रेसका सुमुना श्रेष्ठ निर्वाचित भाएका छन् ।

चिचिला गाउँपालिका अध्यक्षमा कांग्रेसका पासाङ नुर्व शेर्पाले माओवादी केन्द्रका रिपुप्रसाद राईलाई ९५२ मतान्तरले पराजित गरे । उनले १ हजार ८५१ मत पाउँदा उनका निकटतम प्रतिद्वान्द्वी राईले ९०९ मत पाए ।

चिचिलाको उपाध्यक्षमा पनि कांग्रेसकै मनकाला राई निर्वाचित भएका छन् । उनले एमालेका विष्णुकुमारी राईलाई पराजित गरे ।

मकालु गाउँपालिका अध्यक्षमा कांग्रेस ओङदी छिरीङ शेर्पा ३ हजार १७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार भरतकुमार कटुबाललाई ५३९ मतान्तरले पराजित गरे । पराजित भरतकुमार कटुबालले २ हजार ४७८ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने माओवादीका मनकला राई विजयी भएका छन् । उनले एमालेका उम्मेदवार चमेली राई पराजित गरे ।

सभापोखरी गाउँपालिका पनि कांग्रेसकै भीमबहादुर लिम्बू निर्वाचित भएका छन् । उनले एमालेका उम्मेदवार रन्तबहादुर सुब्बालाई ७०२ मतान्तरले पराजित गरे । उनले ३ हजार ७ मत पाए भने सुब्बाले २ हजार ३०७ मत पाए ।

गाउँपालिका उपाध्यक्षामा भने एकीकृत साजवादीका लक्ष्मी चापागाईं निर्वाचित भएका छन् । उनले एमालेका सविता बराललाई पराजित गरेका छन् ।

सिलिचोङ गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार भूपालराज राई २ हजार २०३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार योगेन्द्र राईलाई १९४ मतान्तरले पराजित गरे । पराजित योगेन्द्र राईले २ हजार ९ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार देवीता राई विजयी छन् । उनले माओवादीका उम्मेदवार देवीकुमारी राई (मेवाहाङ)लाई पराजित गरे ।

चैनपुर नगपालिकामा प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा कृष्णकुमार तामाङ र उपप्रमुखमा एलिना श्रेष्ठ निर्वाचित भएका हुन् ।

नगरप्रमुखमा तामाङले कांग्रेसका ज्ञानबहादुर कार्कीलाई ८१७ मतान्तरले पराजित गरे । उनले ६ हजार ७५७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कार्कीले ५ हजार ९४० मत प्राप्त गरे ।

उपप्रखुमा एमालेका एलिनाले माओवादी केन्द्रका उम्मेदवार लाखमान तामाङलाई पराजित गरे ।

धर्मादेवी नगरपालिकामा एमालेको उदयचन्द्र पौडेल निर्वाचि भएका छन् । उनले कांग्रेसका थलकुमार लिंखालाई ८९ मतान्तरले पराजित गरे । उनले ४ हजार २८२ मत पाए भने लिंखाले ४ हजार १९३ मत पाए ।

उपप्रमुखमा भने कांग्रेसका तारा महत निर्वाचित भएका छन् । उनले एमालेका लक्ष्मीदेवी गिरीलाई पराजित गरे ।

मादीमा नेपाल एमालेका उम्मेदवार जीवन लिंथेप ४ हजार ३३१ मत ल्याई विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार दावा क्षत्र शेर्पालाई १ हजार ६५५ मतान्तरले पराजित गरे । पराजित दावा क्षत्र शेर्पाले २ हजार ६७६ मत ल्याएका छन् ।

उपप्रमुखमा पनि एमालेकै सुनिता देवी भट्टराई निर्वाचित भए । उनले नेपाली कांग्रेसका उम्मेदवार पासाङ्ग शेर्पालाई पराजित गरे ।

भोटखोला गाउँपालिका अध्यक्षमा एमालेका वाङ छेदर लामा निर्वाचित भएका छन् । उनले एकीकृत समाजवादीका चुङदाक भोटेलाई पराजित गरे । उनले १ हजार ८०३ मत पाए भने भोटेले १ हजार ४१६ मत ल्याए ।

उपाध्यक्षमा पनि एमालेकै सहना लामा निर्वाचित भएका छन् । उनले कांग्रेसका डुक्था थिकेपा भोटेलाई पराजित गरे ।

संखुवासभाको केही पालिकामा गठबन्धन भएको थियो भने केहीमा एक्ला–एक्लै भिडेका थिए ।

प्रतिक्रिया दिनुहोस्