महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ को अध्यक्षका दुई जना प्रत्यासीको मत बराबरी भएको छ । यसअघि एउटा मतपेटिकाको मत गन्न बाँकी छँदै नेकपा माओवादी केन्द्रका समसेर सिंहलाई विजयी घोषणा गरिएको थियो । उनले विजयी उत्सवसमेत मनाएका थिए ।

तर, निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न बाँकी रहेको भेटिएपछि सहमतिमै उक्त मतपेटिकाको मत गणना गरिएको थियो । मतगणनाको क्रममा समसेर सिंह र नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगरको बराबरी भएको । उनीहरु दुवै जनाले ७६७ मत प्राप्त गरेका छन् ।
यसअघि वडाध्यक्षमा विजयी घोषणा हुँदा समसेरले ७५१ मत पाएका थिए भने मगरले ७४४ मत पाएका थिए ।














