Logo
Logo

मुख्यमन्त्री राउत स्वकीय सचिव यादवको जमानत जफत


2.1k
Shares

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत स्वकीय सचिव दीपक यादवको जमानत जफत भएको छ । यादवले पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवारी दिएका थिए ।

पटेर्वासुगौलीमा ११ हजार ४५३ मत खसेको थियो । मतगणनाको क्रममा कूल खसेको मतमध्ये २२५ बदर भएका थियो भने ११ हजार २२८ मत सदर भएका थियो । कानुनतः उम्मेदवारले जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।

पटेर्वासुगौलीका निर्वाचन अधिकृतका अनुसार जसपाका यादवले ४ सय ६९ मत मात्र पाए । जमानत जफत हुन नदिन उम्मेदवारले ११ हजार २२८ मतको १० प्रतिशत भनेको ११ सय २२ मत ल्याउने पर्ने हुन्छ । तर, जसपाका उम्मेदवार यादवले कूल सदर मतको ५ प्रतिशत भन्दा कम मत पाए ।

उम्मेदवारी दर्ता अघिसम्म उनी मुख्यमन्त्रीकाका स्वकीय सचिव थिए । पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश चौधरीले ३ हजार ९४४ मत ल्याई निर्वाचित भएका छन् भने निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार हरिनारायण चौधरी पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्