Logo
Logo

सप्तरीको राजविराज नगरपालिकामा जसपा विजयी


1.4k
Shares

काठमाडौं । सप्तरीको राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव विजयी भएका छन् । यादव ९ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे ।

उपमेयरमा जसपाकै इसरत प्रविण ६ हजार ७ सय ९६ मत प्राप्त गरी निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुशीला यादवले ४ हजार २ सय ३० मत प्राप्त गरिन् । इसरत राजविराज नगरपालिकाको मुस्लिम समुदायको पहिलो उपमेयर हुन् ।

प्रतिक्रिया दिनुहोस्