
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् । झण्डै ७० हजार मत गन्दा उनले २६ हजार ७५ मत पाएका छन् ।
बिहान ४ बजेसम्म ६९ हजार ६८२ मत गणना भइसकेको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ५६ मत पाएका छन् । नेपाली कांग्रेसका सिर्जना सिंहले १३ हजार ९१ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, उपमेयरतर्फ भने नेकपा एमालेकी सुनिता डंगोलले २६ हजार ६ मत प्राप्त गरेकी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ४२७ मत प्राप्त गरेका छन् ।











