
काठमाडौं । बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमाले पराजित भएकाे छ।
एमालेका ज्ञानप्रसाद अर्याललाई ३५ मत अन्तरले पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका हुन् ।
यहाँ ३ हजार ४ सय ३० मत खसेको थियो । यो नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, प्रदेश सरकारका पूर्वमन्त्री एमाले नेता भोजप्रसाद श्रेष्ठ, एमालेका स्वर्गीय नेता रामनाथ ढकालको वडा हो ।
एमालेका प्रभावशाली नेता भएको वडामा २०४९ सालयता पहिलोपटक कांग्रेसले जित निकालेको हो ।











