
काठमाडौं । इलामको फाकफोकथुम गाउँपालिका अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकबहादुर थापालाई पराजित गरेका हुन् । खनालले ५ हजार ३ सय २२ र थापाले ४ हजार ८ सय २१ मत ल्याए ।
उपाध्यक्षमा एमालेकै कल्पना राई निर्वाचित भएकी छन् । उनले ५ हजार १ सय ५८ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कुलबहादुर राईले ४ हजार १ सय ७२ मत प्राप्त गरे ।











