Logo
Logo

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल दोब्बर मतले अगाडि


1.9k
Shares

काठमाडौं । धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बर बढी मतको अग्रता लिएका छन् ।

४२ हजार २ सय ३० मतगणना हुँदा हमालले १९ हजार १ सय ४७ मत प्राप्त गरेका छन् । उनका किटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नृप बहादुर ओडले ९ हजार ५ सय ५७ मत ल्याएका छन् ।

एमालेका रणबहादुर चन्दको ४ हजार ६ सय ६४ मत छ । यसैगरी उपमेयरमा माओवादी केन्द्रका शान्ति अधिकारि क्षेत्री ८ हजार ८ सय १५ मतसहित अगाडि छन् ।

उनलाई एमालेका कन्दकला रानाले ८ हजार १ सय ४१ मतसहित पछ्याइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्