
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका गेहेन्द्र गिरी १ सय ८१ मतले अगाडि छन् ।
१९ हजार ३ सय ५४ मतगणना हुँदा गिरीले ७ हजार ९ सय ९९ मत प्राप्त गरेका छन् । एमालेका टिकाराम खड्काले ७ हजार ८ सय ८८ मतसहित गिरीलाई पछ्याइरहेका छन् ।
उपमेयरमा एमालेका स्यानी चौधरीको अग्रता छ । उनले ७ हजार ३ सय ३२ मत र निकटतम प्रतिद्वन्द्वी नेकपा एसका जोगबहादुर राणाले ६ हजार १ सय ८९ मत ल्याएका छन् ।











