
काठमाडौं । अछामको पञ्चदेवल बिनायक नगरपालिकको मेयरमा नेपाली कांग्रेसका अम्बिका चलाउने निर्वाचित भएकी छन् ।
यसअघि उनी उपमेयर थिइन् । चलाउनेले ३ हजार ६ सय ५३ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामबहादुर बिकले ३ हजार १ सय ७२ मत प्राप्त गरे । एमालेका नन्दबहादुर कडायतले २ हजार ६ सय ९७ मत ल्याए ।
१४ वर्षको उमेरमा चलाउनेले नेबिसंघबाट राजनीति थालेकी हुन् । ०६५ मा पन्चदेवल क्याम्पस स्ववियु सभापतिमा निर्वाचित भएकी थिइन् । अहिले उनी कांग्रेसको सुदूरपश्चिम प्रदेश सहमहामत्रीसमेत हुन्।
नगरपालिकाको उपमेयरमा कांग्रेसकै हर्कबहादुर रावल ४ हजार १ सय ८८ मतसहित विजयी भएका छन् । अर्का प्रत्यासी माओवादीका रिता रावलले २ जार ६ सय १८ मत प्राप्त गरिन् ।
एमालेका राजु सञ्ज्यालले १ हजार २ मत ल्याए ।











