
काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी छ । मतदान भएको सातादिन हुँदा लगभग ७५ प्रतिशत स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
आज विहान १० बजेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले २८१ स्थानीय तहको नेतृत्व जित्न सफल भएको छ । ४३ स्थानीय तहमा अग्रता कामय राखेको कांग्रेस पहिलो पार्टी बन्ने पक्का भएको छ ।
त्यस्तै नेकपा एमालेले हालसम्म १७८ स्थानीय तहको नेतृत्व जित्न सफल भएको छ । दोस्रो स्थानमा रहेको एमालेले अझै २० स्थानमा अग्रता लिइरहेको छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले हालसम्म १११ स्थानीय तहको नेतृत्व जित्न सफल भएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले अझै ११ स्थानीय तहको मतगणनामा अग्रता लिइरहेको छ ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले हालसम्म १८ स्थानीय तहको नेतृत्व जित्न सफल भएको छ । पछिल्लो मतरिणाम अनुसार जसपा चौथो स्थानरहको छ । जसपले अहिले १६ स्थानमा अग्रता लिइरहेको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले १४ स्थानीय तहको नेतृत्व जितेको छ । हालसम्मको मपरिणाम अनुसार पाँचौ स्थानमा देखिएको एकीकृत समाजवादीले अझै ५ स्थानीय तहको मतगणनामा अग्रंता लिइरहेको छ ।
यो मतपिरणाम हेर्दा अब कांग्रेस पहिलो पार्टी बन्ने पक्का भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले यो पटकको निर्वाचनमा भने माथि उक्लिएको छ । तर, पहिलो स्थानमा रहेको नेकपा एमाले यो पटको स्थानीय तह निर्वाचनमा द्रोस्रोमा चित्त बुझाउनु पर्ने भएको छ ।
यता नेकपा माओवादी केन्द्रले पनि तेस्रो स्थानमा चित्त बुझाउनु पर्ने भएको छ । तर, यस अघिको स्थानीय तह निर्वाचनको मतपरिणाम भन्दा यो पटकको स्थानीय तह निर्वाचनमा निकै सुधार गरेर तेस्रो तर, निर्णायक पार्टी बन्ने देखिएको छ ।











