
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका छन् ।
गच्छदारले निवर्तमान अध्यक्ष एमालेका शिवनारायण माझीलाई १ हजार ५ सय १२ मतले पछि पारेका हुन् । गच्छदारले ७ हजार ६ सय ५ र माझीले ६ हजार ९३ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी गुणवतीदेवी थारू विजयी भइन् । उनले ६ हजार १ सय २३ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुखनीकुमारी माझीले ५ हजार ४ सय ४८ मत प्राप्त गरिन् ।











