Logo
Logo

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा दोहोरिए प्रमुख र उपप्रमुख


2.1k
Shares

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्षमा एमालेका टासी लामा ह्योल्मो र उपाध्यक्षमा सुनिता अधिकारी निर्वाचित भएका छन् ।

लामाले ५ हजार ६ सय ८ मत ल्याए । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका दोर्जे स्याङ्बो तामाङले ४ हजार ४५ मत पाए । निर्वाचित अधिकारीले ५ हजार ७ सय २२ मत ल्याइन् ।

प्रतिस्पर्धी कांग्रेसकी गंगाकुमारी चापागाईंले ४ हजार ३ सय ९३ मत ल्याइन् । यहाँ अघिल्लो निर्वाचनमा पनि टासी अध्यक्ष र अधिकारी उपाध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्