Logo
Logo

सम्सी गाउँपालिकामा जसपा विजयी


441
Shares

काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका रामनाथ यादव निर्वाचित भएका छन् ।

रामनाथ ३ हजार ८ सय ९३ मतसहित विजयी भएका हुन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उत्तिमप्रसाद यादवले २ हजार ५ सय ८२ मत पाए ।

उपाध्यक्षमा पनि जसपाकै अनिताकुमारी निर्वाचित भएकी छन् । उनले ३ हजार २ सय ९५ र नेपाली कांग्रेसकी उर्मिलादेवी साहले २ हजार ६ सय ८२ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्