Logo
Logo

धनुषाको नगराइन प्रमुखमा कांग्रेस विजयी


567
Shares

धनुषा । धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा काँग्रेस उम्मेदवार विनयकुमार यादव ५ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले जानकारी दिए ।

यसैगरी उपप्रमुखमा एमालेकी राधादेवी यादव ५ हजार ७३० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रञ्जुकुमारी साहले ५ हजार ५२३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्