
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका महेन्द्र केसी निर्वाचित भएका छन् ।
केसीले नेकपा माओवादी केन्द्रका बसन्त कुमार शर्मालाई १३ मतले पराजित गरेका हुन् । उनले ६ हजार ९ सय १४ मत प्राप्त गर्दा माओवादीका शर्माले ६ हजार ९ सय १ मत प्राप्त गरे ।
उपमेयरमा नेकपा एकीकृत समाजवादीका बिमलकुमार पुन निर्वाचित भए । उनले ६ हजार १ सय ४० मत प्राप्त गरे ।
निकटतम प्रतिद्वन्द्वी एमालेका थलबहादुर ओलीले ५ हजार ९ सय ८५ मत पाए । यो अर्थमन्त्री जनार्दन शर्माको गृहपालिका हो











