Logo
Logo

काठमाडौंमा बालेनलाई लोकप्रिय मत


3.3k
Shares

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेनले २७ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ७ सय ८२ मत प्राप्त गरेका छन्। बालेन्द्र स्थापितभन्दा १३ हजार १ सय ८५ मतले अगाडि छन् ।

बालेन्द्रले सुरुदेखि नै अग्रता लिइरहेका छन् । उनको अग्रता फराकिलो बन्दै गएको छ । कांग्रेसकी सिर्जना सिंहले १४ हजार ४ सय ३९ मत ल्याएकी छन् ।

उपमेयरमा एमालेका सुनिता डंगोल २६ हजार ५ सय ७५ मतसहित अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्