
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जित निकालेको छ ।
अध्यक्षमा कांग्रेसका एयुब अन्सारी ६ हजार ४ सय १६ मतसहित निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका देवकृष्ण यादवले ५ हजार २ सय १७ मत ल्याए ।
यसैगरी उपाध्यक्षमा कांग्रेसकै अनितादेवी यादव ५ हजार ३ सय ९९ मतसहित निर्वाचित भइन् । जनता समाजवादीका अणुदेवी खैरवारले ४ हजार ७ सय ८ मत प्राप्त गरिन् ।
अघिल्लो निर्वाचनमा पनि अन्सारी र यादव निर्वाचित भएका थिए ।











