Logo
Logo

सिकिन्द्र पटेल दुई मत बढीले वडाअध्यक्षमा निर्वाचित


रुपेन्द्र पटेल

1.5k
Shares

रौतहट । रौतहटको बृन्दावन नगरपालिका २ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सिकिन्द्र पटेल विजयी भएका छन् । बृन्दावन नगरपालिकामा माओवादीका तर्फबाट वडाअध्यक्ष उम्मेदवार रहेका सिकिन्द्र पटेल निर्वाचित भएका हुन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार अवलेशलाई २ मत अन्तरका साथ पराजित गरेका छन् । वडाअध्यक्ष पदमा निर्वाचित भएका पटेल निवर्तमान वडाअध्यक्ष समेत हुन् ।

निर्वाचित पटेलले ५ सय ९८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी अवलेशले ५ सय ९६ मत प्राप्त गरेका छन् । निर्वाचित वडाअध्यक्ष पटेल २ बढी ल्याएर जित हात परेपछि कांग्रेशका नेता कार्यकार्ताहरुले बिवाद गरेपछि दोहरो मतगणना भएको थियो । दोहरो मतगणनामा पनि २ मत बढी प्राप्त भएपछि विजयी घोषण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्