Logo
Logo

हुम्लाको चंखेली अध्यक्षमा प्यारीलाल र उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला विजयी


1.4k
Shares

हुम्ला । स्थानीय तह निर्वाचनअन्तर्गत हुम्लाको चंखेली गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही १,६९५ मत ल्याइ विजयी भएका छन् ।


उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार गोविन्दबहादुर शाहीलाई ५२४ मतान्तरले पराजित गरेका हुन् । पराजित गोविन्दबहादुर शाहीले १,१७१ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार प्रेमकला शाही १,३७२ मत सहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मैना बुढाले १,१७३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्