
काठमाडौं । अछामको साँफेबगर नगरपालिका–१३ को राष्ट्रिय मावि, बाबलामा शुक्रबार पुनः मतदान भइरहेको छ ।
शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । मतदानका क्रममा यहाँ हुलदङ्गा र विवाद भएपछि रोकिएको थियो ।
वैशाख ३० गते राजनीतिक दल तथा उम्मेदवारबीच विवाद उत्पन्न भई स्थगित ८५ केन्द्रमध्ये उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदानबारे आयोगले निर्णय गरेको छैन ।











